नयाँ अनलाइन पत्रिका,स्पेननेपाल डटकमको प्रकाशन शुरु


बार्सिलोना।  स्पेनबाट नयाँ अनलाइन पत्रिका,स्पेननेपाल डटकमको प्रकाशन शुरु गरिएको छ।सन् २०२१ को आरम्भसँगै www.spainnepal.com को प्रकाशन सुरु भएको हो। प्रवासमा नेपाली समुदायको गतिबिधीसहित साहित्य, कला र संस्कृतिलाई महत्वपुर्ण स्थान दिईने उक्त अनलाईनको सम्पादकीयमा उल्लेख गरिएको छ। 

स्पेनको कोष्टाब्लाङ्कामा शुक्रबार नेपाली समुदायबीच एक कार्यक्रमको आयोजना गर्दै अनलाईनको शुभारम्भ गरिएको थियो। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले भिडिओं सन्देशमार्फत अनलाईन टिमलाई शुभकामाना ब्यक्त गरिन्। उनले नेपाली समुदायका गतिबिधिसहित प्रेरेणादायिक समाचारहरु पनि प्रस्तुत हुनेमा आँफू बिश्वस्त रहेको बताईन्। राजदूत शेर्पाले भनिन्, “दूताबासमा सानो टीम छौ तर कुनैपनि सहयोग र सहकार्यका लागि सदैव ढोका खुल्ला रहनेछ।”

कार्यक्रममा बिभिन्न ब्यक्ति तथा संघसंस्थामार्फत ब्यक्त गरिएको शुभकामना सन्देशलाई पनि प्रस्तुत गरिएको थियो। पत्रकार कमल पराजुली सम्पादक रहेको उक्त अनलाईनको प्रकाशकमा रितेश श्रेष्ठ रहेका छन्।