जनवरी ७ देखि क्याटालोनियामा कडा प्रतिबन्ध


बार्सिलोना। कोरोना भाइरस संक्रमण वृद्धि तीव्र हुँदै गएपछि नियन्त्रण प्रयासस्वरुप स्पेनको क्याटालोनियामा बिहिबारदेखि थप प्रतिबन्ध घोषणा गरिएको छ। क्याटालोनिया सरकारका स्वास्थ्यमन्त्री अल्बा वर्गेसले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिबन्धबारे जानकारी दिएकी हुन्।

यही बिहीबार जनवरी ७ देखि लागू हुने गरी एक नगरपालिकादेखि अर्को नगरपालिकामा आवातजावत बन्द गरिने भएको छ।४ सय बर्गमिटर भन्दा ठुला व्यापारिक केन्द्रहरु तथा ठूला सुपरमार्केटहरु बन्द हुने रहनेछन्। अन्य साना पसल तथा स्टोरहरुमा थप प्रतिबन्ध लगाईएको छैन।स्वास्थ्यमन्त्री वर्गेसका अनुसार जनवरी ११ देखिनै स्कुलहरु खुल्ला रहनेछन् तर त्यहाँभित्रको अतिरिक्त क्रियाकलापमा भने प्रतिबन्ध गरिएको छ।

बार तथा रेस्टुरेन्टहरु बिहान ७ देखि ९.३० बजेसम्म र दिउँसो १ बजेदेखि ३:३० बजेसम्म मात्र खुल्ला रहनेछन्।तर बेलुकी समयमा भने पूर्ण रुपले नै बन्द रहनेछन्। टेक वे सर्भिस खुल्ला रहने छ। १० दिन लामो प्रतिबन्ध जनवरी १७ सम्म कायम रहनेछ ।रात्रीकालिन कर्यु भने यथावत राखिने भएको छ।

पछिल्ला दिनहरुमा क्याटालोनिया क्षेत्रमा दैनिक १ हजार ३ सय भन्दा बढी नयाँ संक्रमितहरु देखिन थालेका छन्। अस्पताल भर्ना हुने बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन्।