मनका गन्थन :-जिन्दगी आफ्नै हो,कसैको ‘विचरा’ नबनौं। 


केदार ढुंगाना 

कसैले भन्छन् जीवन माया प्रेम हो, कसैले भन्छन् जीवन संघर्ष हो । कसैले भन्छन् जीवन ईश्वरको वरदान हो त कसैले भन्छन् धन सम्पति नै जीवन हो । तर वास्तवमा जीवन एउटा नाटक हो । जब मानिस आफ्नो आमाको कोखबाट यस धर्तीमा पैदा हुन्छ तब जीवनको नाटकको सुरुआत हुन्छ । जीवनको नाटकको पहिलो पाठशाला आफ्नो परिवार हो ।त्यसपछि समाज, विद्यालय, कलेज, नोकरी, व्यापार व्यवसाय, साथी संगिनीहरुको सरसंगत र यात्रा हो ।मानिसको आफ्नो जीवन  अवधिभर के कस्तो नाटक देखाउन सक्छ त्यो आफ्नो बुद्धि विवेक, चेतना र सीपमा भरपर्ने कुरा हो ।जो मानिसले जीवनमा मानवीय धर्म गर्न सक्छ त्यो जीवन रुपी नाटकको समाप्तिपछि स्वर्गमा जान्छ । जसले नराम्रो काम र अधर्म गर्छ नरकमा जान्छ भन्ने पनि हाम्रो हिन्दु धर्मको ग्रन्थमा प्रस्टै छ।तसर्थ मानिसले जीवनमा निःस्वार्थ भावनाले हाँसी खेली सबैको अगाडि राम्रो नाटक प्रदर्शन गर्नुपर्छ ।  

मानिस चेतनशील र सामाजिक प्राणी हो भन्ने कुरा विश्वव्यापी सिद्धान्त नै छ । तसर्थ मानिसमा  सर्वप्रथम त चेतनाको जरुरत हुन्छ । त्यसपछि उक्त मानवीय चेतनालाई परिचालन गर्ने ऊसँग बुद्धि र विवेकको झनै आवश्यकता पर्छ । फेरि अर्को भनाई पनि छ कि मानिस स्वभावैले स्वार्थी हुन्छ ।तर त्यो मानिस नै महान् हुन्छ, जसमा काम, क्रोध, लोभ र मोह हुँदैन । हाम्रो धर्मग्रन्थहरुले त्यसै भनेका छन्।हाम्रा ऋषिमुनिहरुले त्यसै  भनेका थिए र त्यस्तै गरेका थिए । हामीले सुन्दै आएका छौं नि परोपकाराय पुण्यायः पापाय परपीडनम् । मानिसले  म को हुँ त मेरो आफ्नो गुणदोष के कति छन् भनेर आफ्नो आत्मालाई बुझ्न सक्नुपर्छ ।मैले गरेको काम के कति  राम्रा नराम्रा छन् भनी छुट्टाउन सक्नुपर्छ । कमजोर मानिस अरुको अवगुणको चर्चा गर्छ र बुद्धिमान मानिस अरुको गुणको चर्चा गर्छ भनेर पक्कै त्यसै भनिएको हैन होला ।  

मानिस इमान्दार, भावनाको सहयोगी, सकारात्मक सोच,यथार्थवादी र विश्वासवादी पनि हुनुपर्छ । आँफूले पनि अरुको विस्वास लिनुपर्छ र अरुलाई पनि विश्वास दिलाउन सक्नुपर्छ ।अनावस्यक धेरै कुरा बोल्नु ।रिस घमण्ड देखाउनु, अरुलाई होच्याएर हिंसा गर्नु, विभिन्न प्रकारका नकारात्मक सोचाइ लिनु, जीवनको नाटकका लागि नकारात्मक पक्ष हो । 

कतिपय मानिसलाई आफूप्रति निकै घमण्ड हुन्छ, वास्तवमा ज्ञानी मानिसलाई त्यस्तो गुण सुहाउँदैन । रिस, घमन्ड र डाह मूर्ख मानिसका गुण हुन् । भनिन्छ नि रिस खान्छ आफू बुद्धि  खान्छ अर्को । अर्थात रिस भएको मानिसले आफैलाई नास गर्छ र बुद्धिमान मानिसले अरुमाथि विजय प्राप्त गर्छ ।मानिस सरल, शान्त स्वभावको हुनु नै अति उत्तम हो । खुला हृदयले हाँसीखेली माया, प्रेमले सरम र संकोच  नमानी नाटक देखाउन सके मात्र नाटक पनि सफल हुनेछ ।

 म आफूले देखाएको नाटक कस्तो भयो त भन्नेकुरा नाटक हेर्ने दर्शकहरुलाई छर्लङ्ग हुन्छ तर सबै दर्शकले तिम्रो नाटक यस्तो भयो भनेर उसको अगाडि भन्दैनन्  अर्थात नाटकको मूल्यांकन दर्शक दर्शकबीच छलफल र विश्लेषण मात्र गर्छन् तर केही दर्शकले भने उसको नाटकको सही मूल्यांकन गरेर सुधार्नु पर्ने रहेछ भन्ने सुझाव दिन्छन् । नाटक गर्ने अर्थात अभिनयकर्ताले पनि  त्यस्तो सुझावलाई सुधार्ने मौका चुकाउनु हुँदैन किनकि यो उसका लागि राम्रो अवसर हो । मानिस असामाजिक हुन सक्दैन अर्थात एकल बन्न सक्दैन । तसर्थ नै समाजमा बस्छ । जंगलमा बस्दैन ।समाजमा बस्नु भनेको एकअर्कासँग निर्भर बन्नु हो ।एकअर्काको सहारा बन्नु हो । त्यसैले मानिसले अरुको सहयोग लिन र दिन सक्नुपर्छ । म हैन हामी भन्ने भावनाको विकास हुनुपर्छ ।

मानिस स्वभावैले स्वार्थी हो भन्नेकुरा त्याग्नुपर्छ ।स्वार्थ राख्न सकिन्छ तर, सामूहिक स्वार्थ, सामाजिक स्वार्थ र राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थ । एकले अर्कालाई आँफूले पढेका, सुनेका जानेका बुझेका अनुभव गरेका सीप र चेतना साटासाट गर्न सक्नुपर्छ । एकले अर्काको भावना बुझेर सहयोग गर्नु नै मानिसमा हुने सबैभन्दा असल गुण हो । त्यसैगरी जीवनमा कुनै पनि समस्या आइपरे त्यसको स्थायी समाधानतर्फ लाग्नुपर्छ ।

समस्या जति लामो समयसम्म रहिरहन्छ त्यति नै मन पिरोलिन्छ ।एक आपसमा शत्रुता हुनु हुँदैन। चित्त नबुझेको कुरा मनमा राख्नु हुँदैन बाहिर ठाउँमा भन्नुपर्छ । त्यसबाट मन शान्त हुन्छ ।जीवनमा विविध पक्षलाई सरल र सहज रुपले ग्रहण गर्न सक्नुपर्छ ।जीवन लामो पनि  छ केही वर्षका लागि हैन त्यसैले जीवनमा दुरदर्शी सोचाइ राख्नु अति जरुरी पनि छ ।समय, ठाउँ, परिस्थिति अनुसार आफ्नो बानी व्यवहारलाई प्रयोग गर्न सिक्नुपर्छ । जसले गर्दा पछि गएर आँफूलाई आत्माग्लानि र  पश्चाताप नहोस् ।  

सही सूचना लिनुदिनु पनि जीवनको अति महत्वपूर्ण पक्ष हो । बिनासूचना काम गर्दा मानिसले निकै दुख र हण्डर खाएका उदाहरण हामीले देख्दै आएका छांै ।अर्को जीवनको महत्वपूर्ण पक्ष समय पनि हो ।नेपालीमा  उखानै छ ‘बगेको पानी फर्कंदैन’ त्यसरी नै समय पनि फर्केर आउँदैन ।मानिसले समयलाई सही सदुपयोग गर्न  जान्नुपर्छ, चाहे १, २ मिनेट नै किन नहोस् । वास्तवमा जीवन के हो त भन्ने कुरा यथार्थमा भन्नुपर्दा धन सम्पतिको  लेखाजोखा र लोभीपनले मानिसको सोचाइ र मानसिकतामा जकडिएको नाटकीय रुप हो । 

हो जीवनमा धन  सम्पति चाहिन्छ हरेक चाल–चालनमा पैसा चाहिन्छ पैसाबिना जीवन अधुरो हुन्छ । तर कति पैसा चाहिन्छ त  यसको कुनै मापदण्ड छैन । नेपालीमा एक भनाई छ नि ‘मरेर लानु के छ र ?’ मानिस खाली हात जन्मन्छ र  मरेपछि पनि खाली हातै जान्छ’ भन्ने मानिसको सोचाइले सम्पतिको मापन गर्नु नै नाटककर्ताको राम्रो गुण हो । 

मानिसको जीवनमा प्राय रोगहरु मानसिक तनावबाट उत्पन्न हुन्छ । मानसिक तनाव उत्पन्न हुने कारण  धन, सम्पति, अन्तर व्यक्ति सम्बन्ध, कार्य बोझ, लेनदेन, महत्वकांक्षा, नामको भोक आदि मुख्य हुन् । यी पक्षहरुको  वैचारिक व्यवस्थापन महत्वपूर्ण मुद्दा हो । विचारमा सकारात्मक चिन्तन प्रबल रहनुपर्छ । उज्यालो र राम्रो पक्ष  समाएर हिँड्न सक्नुपर्छ । सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने मनोगत कुरा हुन् । धन सम्पति र  वस्तुबाट सुख प्राप्ति हँुदैन। धन कमाउनुपर्छ तर संचय गरेर राख्नुभन्दा त्यसको उपभोग गरेकै उत्तम हुन्छ ।  प्रयोग नगरी साचेर राखेको धनले तनाव उत्पन्न गराउँछ । तसर्थ धन सम्पति उद्योग, व्यवसायमा लगाएर अरुका  लागि रोजगारी प्रदान गर्नु अति उत्तम हुन्छ ।मानिसको जीवनमा सबै आफ्नै विचारकै कुरा हो जस्तो सोच्यो त्यस्तै  हुन्छ । पानी पर्दा रमाउन पनि सकिन्छ र दुखी हुन पनि सकिन्छ । घरमा पाहुना आउदा खुसी हुन पनि सकिन्छ र  दुखी हुन पनि सकिन्छ । त्यस्तै घरमा चोरी हुँदा चिन्ताले मर्न पनि सकिन्छ र फेरि परिश्रम गरी बढी कमाउँला  भनी चित्त बुझाउन पनि सकिन्छ ।  

खुसीमय जीवनको अर्को महत्वपूर्ण पक्ष माया प्रेम पनि हो । भनिन्छ मायाबिनाको जीवन अधुरो हुन्छ ।चाहे बावुआमाको होस्, छोराछोरीको होस्, श्रीमान—श्रीमतीबीचको होस, साथी संगिनीहरुको होस् सबैलाई  सबैको माया उमेर, समय र परिस्थिति अनुसार मानिसको जीवनका लागि अपरिहार्य वस्तु हो ।मायाले नै  मानिसको जीवनलाई सार्थक बनाएको हुन्छ । माया अनमोल हुन्छ न त पैसाले किन्न सकिन्छ न त बेच्न नै न त आर्थिक भार नै । तसर्थ माया मानिसको अन्तरआत्मा हो । एकले अर्काको भावना बुझ्नु नै मायाको अर्थ हो । तर  कहिलेकाहीँ सबैका लागि जिन्दगी सोचे जस्तो नहुन पनि सक्छ ।जो जस्ले जस्तो माया पाउनु पर्ने हो त्यसको  अभावमा जीवनले फरक मोड लिनुको साथै बाध्यता, परिस्थिति, समय अनुसार कठोर निर्णयहरु लिनुपर्ने  अवस्थाहरु पनि हाम्रो समाजमा देखिएका छन् । अचानाको चोट खुकुरीलाई के थाहा ? झै मायाको चोट पनि माया  गर्नेहरुलाई नै अत्याधिक जानकारी हुन्छ । त्यो सार्वजानिक हँुदैन किनकी हाम्रो समाज रुढिवादी परम्परा मै रुमलिएको छ तर व्यक्तिहरु भने देखावटी रुपमा आधुनिक युरोपियन विकसित अवस्थामा छ । तसर्थ यस्तो  सोचाइलाई हरेक मानिसले परिवर्तन गर्नु अहिलेको यथार्थ हो ।  

“मानिसको जीवनमा हरेक अप्ठ्यारा परिस्थितिहरु आउन जरुरी छ, तिनै  अप्ठ्यारा परिस्थितिले नै मानिसलाई सफलतामा रमाउन सिकाउँछ ।” जीवनलाई ईश्वरको वरदानको रुपमा परिभाषित गरेता पनि मायामा चोट र धोखा खाएका व्यक्तिहरुका  लागि जीवन ईश्वरको श्राप हुनसक्छ । त्यसरी मायामा चोट त धोका पु¥याउने मानिसलाई पछि पश्चताप पनि  परेको हुनसक्छ ।किन कि उनीहरुलाई मायाको सुखद जिन्दगी दिगो, जीवन्त र शान्तमय हुन्छ । भौतिक सुख  केवल क्षणिक हुन्छ भन्नेकुरा उनीहरुलाई बुझाउन गाह्रो पर्छ ।यसरी हरेक मानिस—मानिसबीचको माया  ममताको मत भिन्नताका कारण उनीहरुको विचार, सोचाइ र भावना पनि एकरुपता नभई भिन्नता आउँछ र  अन्तिम जीवनका बाटाहरु पनि अलग—अलग हुन्छन् । साँच्चै जीवन सुख र दुख, आँसु र हाँसोको संगम र  अनिश्चित यात्रा पनि हो ।  

कहिलेकाहीँ हामीलाई आफ्नै जीवन बोझ लाग्छ । कहिलेकाहीँ हामी आफ्नो जीवनप्रति बढी नै  संवेदनशील हुन्छौं ।कहिलेकाहीँ हामी जीवनप्रति यसै भयभित हुन्छौं । बिहान आँखा खुलेदेखि जीवनकै बारेमा  सोच मग्न हुन्छौं। जीवन कस्तो बनाउने ? कसरी बनाउने ? यस्तै यस्तै कुरामा घोत्लिरहेका हुन्छौं । जीवन आखिर  यसै पनि बित्छ तर, हामी आयु घट्दै गइरहेको जीवनसँग डराइरहेका हुन्छौं । जीवनमा केही गरिएन भन्ने बोधले  पनि झस्काइरहन्छ । कतिपय इच्छा, आकांक्षा, रहर पूरा गर्न नपाएको हुटहुटीले बेचैन बनाइरहेको हुन्छ । यस्तो  गर्नुपर्ने थियो, यस्तो गर्नु हुँदैनथ्यो भन्ने कुराले पनि मनलाई अस्थिर बनाउँछ । 

हामी जीवनप्रति अलि बढी नै  संवेदनशील, बढी नै गम्भीर पो हुँदैछौं कि ? सोचौं, जीवनलाई धेरै गम्भीरतापूर्वक लिनु उचित हुँदैन । जीवनप्रति  अनावश्यक सचेत र सर्तक हुन पनि जरुरी छैन । एकबारको जुनी हो, सबै कुरा भोग गर्नुपर्छ भन्ने आकांक्षाले पनि  जीवनलाई जटिल बनाउँदै लगेको छ । हामी किन उदास हुन्छौं ? किन निरास हुन्छौं ? किन बेचैन हुन्छौं ? किनभने  हामीले आफ्नै जीवनसँग पनि बढी अपेक्षा ग¥यौं । यो भएन, त्यो पुगेन, यसो गरिएन भन्ने गुनासा मनभरि गुम्साएर  राख्यौं । यी कुराले हामीलाई आफ्नै जीवन बोझिलो र झन्झटिलो लाग्न थाल्यो । जीवनलाई आवश्यताभन्दा बढी  गम्भीर मान्यांै । त्यसैले हामीलाई जीवन जिउन सहज भएन । जीवनलाई जति हल्का र सहज रुपमा लिइन्छ,  हामीलाई जिउन पनि उत्ति नै सजिलो हुन्छ । जीवनलाई सामान्य रुपले बुझौं । सरल ढंगले जिउने प्रयास गरौं ।  

सरल ढंगले जीवन जिउन थाल्यौं भने नै हामीलाई अनावश्यक डर, तनाव, बेचैनीले सताउने छैन ।भोलिको कुराले आज हामी भयभित हुन जरुरी छैन । भोलि आएकै छैन । भोलि के हुन्छ ? हामीले देखेकै छैनौं ।कहिल्यै नआउने भोलिसँग किन भयभित हुने ? हिजो गरेका गल्ती, कमजोरी सम्झेर बिलौना पनि नगरौं । हिजो जे  भयो, सकियो । हिजो भएका कमी–कमजोरी आज सच्याउन सकिँदैन ।हिजोको कुरालाई मनमा नराखौं । हिजोलाई  सम्झेर दुःखी हुने, भोलिलाई सम्झेर भयभित हुने नगरौं ।

 अनि वर्तमानको जीवन कहाँ छ ? आज हामी हिजोको  पीर पखाल्न र भोलिको भय हटाउनै खर्च गर्ने ? किन मनलाई अनावयश्क बोझ दिने ? किन मनमा अनावश्यक  भय पाल्ने ? वर्तमानमा बाँचौं । वर्तमान नै भूत हो र भविष्य पनि । आजलाई राम्रो बनाएर बाँचौं । वर्तमानमा  रमाउन सिकौं, वर्तमानमा बाँच्न सिकौं । जीवनलाई अनावश्यक झमेलाको भारी नबोकाऔं । जीवनलाई धेरै  गम्भीर भएर नसोचौं । धेरै आकांक्षा नराखौं । सरल बन्ने प्रयास गरौं । हामी जति धेरै सरल हुन्छौं, जीवन उत्ति  सहज हुन्छ ।  

जीवनमा हामिले अनेक योजना सपना बोकेका हुन्छौं तर सधै हामीले योजना बनाए अनुसार, सपना देखे  अनुसार हुँदैन । जीवनमा अचानक यस्ता मोडहरु आइदिन्छन्, जसको हामीले कल्पनासम्म गरेका हुँदैनौं ।  सबैभन्दा पहिले त आफूले आफूलाई विचरा या दुखी देख्न छोडौं हरेक व्यक्तिको जीवनमा अनपेक्षित मोड  आउँछन् ।जीवन भनेकै ती अनपेक्षित मोडमा आफूलाई प्रस्तुत गर्दै अगाडि बढ्नु हो । व्यक्तिले ती मोडमा  सकारात्मक प्रतिक्रिया दिन्छ भने उसको जीवन सहज हुन्छ, व्यक्ति त्यस बेला नकारात्मक बन्छ भने उसको  जीवनमा दुर्घटना समेत निम्तिन सक्छ ।  

अप्ठ्यारो परिस्थिति आउँदा जीवनमा भएको कुनै एउटा राम्रो कामलाई आफ्नो मनमा लिएर हिँडौं । यस्तो भइदिएको भए, मैले सोचेको जस्तो भइदिएको भए भन्ने बानी हटाऊँ । जीवन भनेको कल्पना या सपनामा  हराउनु होइन । जीवन भनेको कल्पना या सपनालाई वास्तविकतामा परिणत गर्नु हो । मैले चाहेको या सोचेको  जस्तै भइदिएको भए भन्नेतिर नलागेर अहिले आएको अनपेक्षित मोडलाई कसरी आफूले चाहे अनुरुपको बनाउन  सकिन्छ या अहिलेको मोडले ल्याएका राम्रा पक्ष के के हुन् । त्यतातिर ध्यान दिऔं । निकै नै आप्ठ्यारो परिस्थिति  आएको छ भने त्यसलाई सामना गरौं । हामीलाई जसरी पनि त्यो परिस्थितिमा उभिनु छ । उभिने प्रयास नै गरेनौं  भने हाम्रो अस्तित्व नै हराउने छ । त्यसैले आफ्नो आत्मविश्वास र सोचलाई बलियो बनाऊँ । त्यसका लागि  हामीलाई अरु दुखी बनाउने कुराबाट टाढा बसौं ।  

संगतले पनि मानिसको जीवन प्रभाव पार्छ ।जब जीवनमा आफूले नसोचेको मोड आउँछ, तब  सकारात्मक सोच भएको व्यक्तिसँग बढी समय बिताऔं । यसले गर्दा आफूभित्र हौसला, हिम्मत र आत्मविश्वास जाग्छ । नकारात्मक संगत भएका व्यक्तिसँग नजिक गयौं भने उनीहरुले झनै ‘विचरा’ बनाउँछन् र आफूलाई  कमजोर महसुस हुन्छ । व्यक्ति एक्लो हुँदा अनेक सोच दिमागमा आउँछन् त्यसैले एकलै बसिराख्नु हँुदैन ।  सामाजिक काम, समारोह आदि कार्यक्रममा सहभागी भइराख्नुपर्छ ।

 मनोरञ्जन साथै पुस्तकमा समय व्यतित गर्नु  राम्रो हुन्छ । कुनै ठाउँमा बस्दा अनेक सोच आएका छन् भने ठाउँ परिवर्तन गर्नुपर्छ । घरमा बसिरहेको समयमा  अनेक सोच आउन थाले घर बाहिर निस्कनुपर्छ । त्यसले गर्दा दिमाग ती सोचबाट अन्यन्त्र मोडिन्छ । आफूलाई  मन पर्ने कार्य गरौं । आफूले पहिले चाहेका कुरा, अहिले आएको सोच्दै नसोचेको मोड, यसले ल्याएको राम्रा र  नराम्रा पक्ष आदिबारे डायरीमा लेखौं । यसले नयाँ सम्भावना खोज्न सहयोग गर्छ । विभिन्न पुस्तक पढौं र  मनोरञ्जन तथा शारीरिक अभ्यासले दिमाग र शरीरलाई ताजा बनाऔं । 

वर्तमानलाई हेरेरभन्दा बढी हामी विगत र भविष्यलाई दिमागमा राखेर बाँचिरहेका हुन्छौं । जसले गर्दा  अनावश्यक सोचलाई जन्मन्छन् र हामीले आफ्नो जीवनलाई जटिल बनाउन पुग्छौं । फुर्सदिलो हुँदा या दिमाग  खाली भयो भने दिमागमा अनेक सोच जन्मन थाल्छन् । त्यसैले आफूलाई काममा व्यस्त राख्नु पर्छ । काममा व्यस्त  हुँदा दिमागमा सिर्जनात्मक सोच जन्मिन्छ । जसले गर्दा अनावश्यक सोचहरुका लागि समय नै रहँदैन ।  

हरेक कुरा ‘पर्फेक्ट’ या पूर्ण हुनुपर्छ भन्ने मान्यता त्याग्नुपर्छ । आखिर कमजोरी नभएको संसारमा को छ  र ? भगवान कृष्ण पनि गोठाला थिए, समुन्द्र नुनै नुनले भरिएको छ, आगो जे पाए पनि खाइदिन्छ, इनद्र भगवानको  शरीरै भरि दागैदाग छ भने हामी कसैले पनि आफूमा पूर्णता खोज्न किन प¥यो ? आफ्नो अगाडि आएको कुराहरु  स्वीकार गरेर वर्तमानमा बाँच्नुपर्छ । आफ्नो मात्र एकोहोरा सोच राख्ने, आपूmमात्र सही छु भन्ने भावना  त्याग्नुपर्छ । अरु व्यक्तिको दृष्टिकोण पनि बुझ्ने प्रयास गर्नुपर्छ । कुनै कुराले सताएको छ भने अरु व्यक्तिको  दृष्टिकोण अनुसार सुझाव लिनुपर्छ । शरीरमा कमजोर महसुस भयो भने पनि दिमागमा नकारात्मक सोच आउन  थाल्छन् । त्यसैले खानपिनमा ध्यान दिनुपर्छ । त्यस्तै योग, मेडिटेसन, शारीरिक अभ्यासले अनावश्यक सोच  हटाउन मद्दत हुन्छ । आँफू बस्ने कोठा र आफ्नो शरीरको पनि सरसफाइमा ध्यान दिने, आफ्नो ‘लुक्स’ मा  

समय—समयमा परिवर्तन गर्नुपर्छ । जस्तै कपाल काट्ने, लुगा फरकफरक लगाउने, मुस्कुराएर बोल्ने, कसैलाई  देख्दा मुस्कुराउने गर्नुपर्छ । केही छिन हिँड्ने, हरियाली भएको ठाउँमा बस्ने गर्नुपर्छ । यी साना कुरा लागेता पनि  हाम्रो जीवनमा यस्ता कुराहरुले ठूलो परिवर्तन ल्याउँछ ।  

मनुष्यको जीवनको अन्तर सम्बन्धमा गतिरोध आउनुको सबैभन्दा प्रमुख कारण हुन्छ, अहंकार ।अहंकारले हाम्रो शान्त मनमा उथलपुथल सिर्जना गरिदिन्छ । यसबाट नचाहँदा नचाहँदै पनि मानिसमा निराशा,  क्रोध र घृणाबाट ग्रस्त हुन्छ । खासमा शरीरमा रोग पैदा गर्ने विकार पनि यिनै हुन् । चिकित्सा विज्ञानले पुष्टि नै  गरेको छ क्रोधित, ईष्र्यालु मानिसमा उच्च रक्तचापको जोखिम बढी हुन्छ । 

त्यसैले जति धेरै विनयी, विनम्र,  क्षमाशील बन्न सक्छौं, उत्ति नै हाम्रो जीवन खुसी र सुखी हुन्छ, निरोगी हुन्छ, सन्तुष्ट हुन्छ । जुन व्यक्तिभित्र  अहंकारको भावना प्रवल हुन्छ, उभित्र क्षमाशीलताको भावना उति नै कम हुन्छ । जुन व्यक्तिले जीवनमा प्रतिकूल  परिस्थितिमा क्षमाशीलतालाई अपनाउँदै शान्त चित्त लिएर अघि बढ्छ, ऊ आफ्नो गन्तव्यमा सफलतापूर्वक अघि  बढ्न सक्छ । जसले क्षमादानलाई अपनाउँदैन वा यसको अभ्यास गर्दैन, उसका लागि सुखको ढोका कहिल्यै  खुल्दैन । क्षमाशीलता नै व्यक्तिको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पक्ष हो । क्षमाले व्यक्तिको व्यक्तित्वलाई उचाइ  प्रदान गर्छ । क्षमा नै त्यो सशक्त माध्यम हो जसबाट मनुष्यको गरिमा बढ्छ । सुर र असुरबीचको अन्तर नै  क्षमाशीलता हो ।  

हरेक व्यक्तिका जीवनप्रतिका आआफ्नै भोगाइ र बुझाइ हुन्छन् । हिन्दू धर्मका अनुसार जीवनका चार चरण छन् । ती ब्रम्हचार्य, गृहस्थाश्रम, वानप्रस्थ र सन्यास हुन् । पश्चिमी दर्शनले पनि जीवनलाई बाल्यावस्था,  

युवा, वयस्क र वृद्धा अवस्थामा वर्गीकरण गरेको छ । सबै चरणमध्ये युवाको चरण सबैभन्दा क्रिटिकल छ । युवा  कुनै पनि विचारलाई विश्लेषण गरी आत्मसात गर्न सक्ने अवस्थामा हुँदैनन् । उनीहरू विचलित हुने र दिशा  पहिल्याउन नसक्ने सम्भावना हुन्छ । अन्ततः उनीहरू गलत दिशातिर पनि लाग्न सक्ने सम्भावना अत्यन्तै धेरै  हुन्छ । वास्तविक अर्थका बारे बोध कम भएका कारण उनीहरुले आफ्नो जीवनको मूल्य आफै निर्माण गर्ने क्षमता  विकास भएको देखिँदैन । युवाले आध्यात्मिक भन्दा भौतिक पक्षलाई बढी जोड दिएको देखिन्छ । खासगरी युवामा  जीवनको बुझाइमा अस्थिरता र बाह्य प्रभाव बढी देखिन्छ । यस्तो अवस्थामा परिवारका अभिभावकले समयमा नै  ख्याल राख्नुपर्छ ।  

जीवनमा मानिसले आफ्नो कर्तव्य, हक, अधिकार र दायित्वलाई कहिल्यै पनि बिर्सनु हुँदैन । आफ्नो र  आफ्नो परिवारको गाँस,बास, कपास र स्वास्थ्य शिक्षाको आधारभूत आवश्यकताको उचित व्यवस्था मिलाउनु  साथै आफ्नो बाबुआमाको हेरबिचार गर्नु उसको कर्तव्य हो । एकले अर्कोलाई कुनै पनि प्रकारको हानि नोक्सानी  नपु¥याई जीवनयापन गर्नु उसको हक हो । आफ्नो लागि गरिने कुनै पनि प्रकारको क्रियाकलापले अरुलाई पनि  हानि नोक्सानी पु¥याएको भए त्यो रोक्नुपर्छ । सामाजिक हुनु उसको दायित्व हो । वास्तवमा यो नै मानिसको असल  जीवन हो । जे जति नेपाली स्वदेशमा तथा विदेशमा छौं हरदम हरक्षण आफ्नो मातृभूमिप्रति उत्तरदायी भई स्वर्ग  भन्दा सुन्दर नेपाललाई सदा माया गरांै र नेपालीप्रति सदा माया, ममता र स्नेह गरिरहनु पर्छ । 

(लेखक कास्की आदर्श समाज स्पेनका निर्वतमान अध्यक्ष हुन्।)

 

तपाईको प्रतिक्रिया