‘केही साथीहरुमा चुनावको रिफ्लेक्सन देखिन्छ’- एनआरएनए अध्यक्ष पन्त (भिडियो अन्तर्वार्ता ) 


बार्सिलोना। गैर आबासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन्। विशेष महाधिबेशन रोक्न अन्तर्राष्ट्रिय समन्वय परिषदका केहि सदस्यहरुले परराष्ट्र मन्त्रालयमा निवेदन पठाएपछि प्रतिक्रिया दिदै अध्यक्ष पन्तले यस्तो बताएका हुन्। 

‘केहि साथिहरुले परराष्ट्रमा निवेदन हालेको खबर हामीलाई पनि आयो।आधिकारिक रुपमा भलै त्यो आईसकेको छैन।’अध्यक्ष पन्तले नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने, ‘परराष्ट्रमा मैले फोन गरेर बुझ्दाखेरि हो तपाईहरुको रोक्नुपर्ने कुनै आवश्यकता छैन।आफ्नो काम तयारी गरेर अगाडि बढाउनुहोस् भनेर परराष्ट्रले हामीलाई भनिसकेको अबस्था छ।’

काठमाडौको भएको चुनावको ह्याङ्गओभर नसकिएकाले यस्ता गतिबिधिहरु भईरहेको उनले आरोप लगाए। पन्तले भने, 

‘केहि साथिहरुलाई चुनावको रिफलेक्सन पनि देखिन्छ। यहाँ मात्र होईन त्यो सबैठाउँमा यसरी नै देखिएको छ।मैले त्यही रुपमा नै बुझेको छु।उहाँहरुसँग पटक-पटक छलफल भएकै हो।बिशेष महाधिबेशन गर्नुपर्छ भन्नेमा कसैको पनि दुईमत नै थिएन।विवाद गर्नुपर्ने र हुनुपर्ने कुनै आवश्यकता नै देखिएको छैन।’

’मैले सँगसँगै के भनिराखेको छु भने कुनै विवादित ईस्युहरु जुन गम्भिर प्रकृतिका छन् र जसले संगठनको भविश्यमा नै गम्भिर प्रकृतिको असर गर्छ भने वरु थाति राखौला भनेर मैले भनिराखेको नै छु।’ पन्तले भने। 

संघको जनवरी २३ र २४ मा भर्चुअल रुपमा हुने विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै एनआरएनको संरचनामा ब्यापक हेरफेर हुनेभएपछि विवाद सुरु भएको हो।

 प्रस्तुत छ नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले गरेको भिडियो अन्तर्वार्ता :-