डोनल्ड ट्रम्प: दुई पटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति


अमेरिकी ४५ औ राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई दोश्रो पटक महाअभियोग लगाईएको छ । अमेरिकी तल्लो सदन प्रतिनिधि सभामा मतदान हुँदा उनलाई महाअभियोग लगाईएको हो । अमेरिकी ईतिहासमा महाअभियोग लाग्ने उनि प्रथम राष्ट्रपति भएका छन् । आज प्रतिनिधि सभामा मतदान हुँदा २३२ जनाले उनलाई महाअभियोग लगाउनु पर्छ भन्ने पक्षमा मतदान हुँदा उनलाई महाअभियोग लागेको हो ।

उनलाई लगाउनु हुदैन भन्नेको पक्षमा १९७ मत परेको थियो । तर यस पटक रिपब्लिकनका १० जना कंग्रेसहरुले ट्रम्पलाई महाअभियोग लगाउनु पर्छ भन्दै मतदान गरेका थिए । मतदान हुँदा पक्षमा २३२ तथा विपक्ष १९७ खसेको थियो ।अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्र्म्पलाई दोस्रो पटक महाअभियोग लगाउने बिषयमा वहस हुँदा ट्रम्प देशको लागि अहिले स्पष्ट र खतरा भएको सभामुख न्यान्सी पेलोसीले बताएकी थिइन् । “हामीलाई थाहा छ कि संयुक्त राज्यका राष्ट्रपतिले यो विद्रोह, हाम्रो साझा देशको बिरूद्ध सशस्त्र विद्रोह गर्न उक्साएको आरोप लगाएकी थिइन् । उनी जानु पर्छ, उनी देशका लागि स्पष्ट र अहिले खतरा हो जुन हामी सबैले माया गर्छौं,” पेलोसीले मन्तब्यमा भनेकी थिइन् ।

उनले अगाडी थप्दै भनिन राष्ट्रपति ट्रम्पले नोभेम्बरमा भएको चुनावको नतिजाबारे “बारम्बार” झूट बोलेका र प्रजातन्त्रमाथि शंका व्यक्त गरेको बताएकी थिइन् ।उन्ले सदनमा आक्रमण गर्ने देशभक्त हैनन तिनीहरु घरेलु आतकवादी हुन भनेकी थिइन् । उनले गत जनवरी ६ का दिन चुनावमा बिजयी भएका निर्वाचित राष्ट्रपति जो बाइडेनलाई कंग्रेसमा प्रमाणित रोक्न प्रयास स्वरुप सदनमा हमला गरेका थिए ।

ट्रम्पका समर्थकहरुले सदन तोडफोड र हिंसात्मक गतिबिधि र बिद्रोह गरि बाइडेनलाई हटाई आफू राष्ट्रपति बन्ने दाउमा रहेका र उनले आफ्ना समर्थकहरुलाई उक्साएका कारण उनि माथि दोश्रो पटक महाअभियोग लगाईएको हो ।गत मंगलबार उपराष्ट्रपति माइक पेन्सलाई २५ औ संशोधन आव्हान गर्न अनुरोध गर्दा पेन्सले अस्विकार गरे पछि औपचारिक रुपमा उनलाई हटाउन महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा ल्याइएको हो ।

महाअभियोग लगाउन गरिएको प्रस्तावमा ट्रम्पलाई हटाउन मतदान हुँदा २२३-२०५ परेको थियो । महाअभियोग लगाउने प्रथम प्रस्ताव बिद्रोहको प्रोत्साहन रहेको छ ।पेन्सले गत मंगलबार स्पष्ट गरे कि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन २५ औं संशोधनको आह्वान गर्ने उनको कुनै योजना नरहेको बताएका थिए ।

प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीलाई लेखेको पत्रमा पेन्सले भने कि ट्रम्पको कार्यकाल समाप्त हुनु भन्दा आठ दिन अघि उक्त संशोधनलाई आह्वान गरेकोमा “हाम्रो राष्ट्रको हितमा वा हाम्रो संविधान अनुरुप” उक्त कुरामा विश्वास नर्गने जानकारी गराएका थिए ।उनले कांग्रेसलाई निर्वाचित राष्ट्रपति जो बाइडेनको उद्घाटनमा ध्यान केन्द्रित गर्न र ट्रम्पलाई महाअभियोग हुनबाट जोगाउन आग्रह गरेका थिए ।

“विश्वव्यापी महामारीको बीचमा करोडौं अमेरिकीहरूका लागि आर्थिक कठिनाइ र जनवरी ६ को दुखद घटनाहरू भए अब हामीहरू एकै ठाउँमा भेला हुने समय भएको छ अब हाम्रो आरोग्य हुने समय हो,” पेन्सले लेखेका थिए ।“म तपाइँलाई र कंग्रेसका सबै सदस्यहरुलाई यस्तो ब्यबहार गर्नबाट टाढा रहन आग्रह गर्दछु जसले अरु विभाजन र त्यस क्षणको भावनालाई भड्काउने काम गर्दछ।”भनि पत्र पठाएका थिए ।