स्पेनमा कोराना संक्रमण उच्च, अहिलेसम्मकै सबैभन्दा खराब स्थितिमा 


EUROPA PRESS/R.RUBIO.POOL / EUROPA PRESS

बार्सिलोना।  स्पेनमा पछिल्लो २४ घण्टामा ३८ हजार ८ सय ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।स्पेनको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्बजनिक गरेको रिपोर्ट अनुसार यो अहिलेसम्मकै सबैभन्दा खराब स्थिति हो। 

यसअघि गत अक्टोबर ३० मा एकैदिनमा २५ हजार ५ सय ९५ जना नयाँ संक्रमित भेटिएको थिए। तर बुधबार त्यो भन्दा पनि ५३ प्रतिशतले संक्रमित बढेपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन्।कोरोना संक्रमणको तेस्रो लहरसँगै स्पेन खराब स्थितिमा गुज्रीरहेको छ। सक्रमणको दर बढेसँगै अस्पतालहरु पनि बिरामीले भरिभराउ देखिएका छन्। 

कोरोनाको महामारी सुरु भए यता स्पेनमा हालसम्म २१ लाख ७६ हजार ८९ जनालाई संक्रमण पुष्टि भईसकेको छ। ५२ हजार ८ सय ७८ जनाले कोभिड-१९ का कारण ज्यान गुमाईसकेका छन्। कोराना संक्रमणको दर बढेसँगै नियन्त्रणको प्रयास स्वरूप देशका बिभिन्न क्षेत्रहरुमा लगाईएका प्रतिबन्धहरु अझै लम्बिन सक्ने संकेत देखिएको छ।