विशेष महाधिवेशनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली प्रकाशित 


बार्सिलोना। गैरआवासीय नेपाली संघले (एनआरएनए) विशेष महाधिवेशनमा भागलिन प्रतिनिधिहरुको नामावली प्रकाशित गरेको छ। संघका राष्ट्रिय समन्वय परिषद (एनसिसि) हरुले अन्तिम नामावली जनवरी १३, २०२१ सम्म बुभझाउने समय रहेको थियो।  सो समयमा एनसिसिहरुबाट प्राप्त भएका प्रतिनिधिहरुका नामावली (https://bit.ly/35IUieK) प्रकाशित गरिएको संघको सचिवालयले जनाएको छ।

प्रकाशित नामावलीहरुमा कसैको दाबीविरोध रहेमा जनवरी १५, २०२१ नेपाली समय रातीको १२ बजेसम्म जानकारी support@nrna.org मा पठाउन संघले अनुरोध गरेको छ।