क्याटालोनियामा प्रतिबन्ध लम्बियो, जनवरी २४ सम्म अहिलेकै नियम 


बार्सिलोना।क्याटालोनियामा थप एकहप्ता प्रतिबन्ध लम्बिएको छ।जनवरी १७ सम्मको प्रतिबन्ध थप एक हप्ता लम्बिएर जनवरी २४ सम्म हालकै प्रतिबन्ध लागू हुने कातालान न्यूजले जनाएको छ। 

हालको प्रतिबन्ध अनुसार एक नगरपालिकादेखि अर्को नगरपालिकामा आवातजावत बन्द भएको छ।४ सय बर्गमिटर भन्दा ठुला व्यापारिक केन्द्रहरु तथा ठूला सुपरमार्केटहरु बन्द छन्। अन्य साना पसल तथा स्टोरहरुमा थप प्रतिबन्ध लगाईएको छैन। स्कुलहरु स्कुलहरु संचालन भने जारी रहने छ।

बार तथा रेस्टुरेन्टहरु बिहान ७ देखि ९.३० बजेसम्म र दिउँसो १ बजेदेखि ३:३० बजेसम्म मात्र खुल्ला रहनेछन्।तर बेलुकी समयमा भने पूर्ण रुपले नै बन्द रहनेछन्। टेक वे सर्भिस खुल्ला रहने छ। थप प्रतिबन्ध जनवरी २४ सम्म कायम रहनेछ ।रात्रीकालिन कर्यु भने यथावत राखिने भएको छ।