जो बाइडनद्वारा ४६‍औँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण


REUTERS

जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्।उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए।सपथ लिइसकेपछि राष्ट्रपति बाइडनले भने, “यो प्रजातन्त्रको दिन हो।प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।”

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाएनन्। आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्।

कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्।