ग्यास चुहावटको कारण म्याड्रिडमा बिस्फोट,चारजनाको मृत्यु  


photo-elpais

म्याड्रिड। बुधबार स्पेनको राजधानी म्याड्रिडको मध्य क्षेत्रको आवासीय भवनमा भएको विस्फोटनमा कम्तिमा चार व्यक्तिको मृत्यु भएको छ। विस्फोटमा कम्तिमा ११ मानिस घाइते भएका छन्  जसमध्ये एकको अबस्था गम्भीर रहेको स्पेनी मिडियाहरुले जनाएका छन्। 

अधिकारीहरूले उक्त विस्फोटनले भवनको चार तल्लालाई ध्वस्त पारेको तथा प्रारम्भिक जानकारी अनुसार ग्यास चुहावटको कारण बिस्फोट भएको जनाएका छन्। सामाजिक संजालमा सेयर भएका भिडियोहरुमा भवन भत्किएको,धुवाँ उडेको,प्रहरी तथा अग्निनियन्त्रक टोली उद्धार कार्यमा संलग्न रहेको दृश्यहरु देखिएका छन्। 

भवनबाट सकुशल बाहिरिएका केहि मानिसहरुले भूकम्प गएको जस्तै भान भएको मुश्किलले ज्यान जोगाएर बाहिरिएको  स्थानीय मिडियासँगको कुराकानीमा बताएका छन्।