पोखराको शान्ति स्तुपा नजिकै पहिरो खस्दा तीनको मृत्यु एक बेपत्ता (अपडेट)


सागर राज तिमल्सिना पोखरा, भदौ ९

पहिरोले फेवातालको पारि किनारमा रहेको रेस्टुरेन्ट पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा रेष्टुरेण्टमा कार्यरत ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर र सिन्धुलीका राम मगरको छन्। रामेछापका भुवन मगर भने बेपत्ता रहेको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए। मृतकहरू लज मै पुरिएको अवस्थामा फेला पारेको लामाले जानकारी दिए। 
कास्कीको पुम्दीभुम्दी–१, अनदुस्थित फेवाकिनारमा रहेको टिपिकल रेस्टुरेन्ट एण्ड लजमा गएरातीको पहिरोले बगाएको हो। बाढी पहिरोले रेस्टुरेन्टलाई करिब १० मिटर तल तालमा पुर्‍याएको छ। उनीहरुको स्थानीयबासीसहित प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजिगरेका थियो। राती करिब २ बजेतिर स्तुपातिरबाट सोहोरिएर आएको बाढि र पहिरोले लजलाई फेवाताल किनारमा पुर्‍याएको थियो। रेष्टुरेण्टका सञ्चालक गोकुल मगरले अन्य दिनमा पाहुना र कर्मचारीहरु हुने गरेको बताए।

बिहान मात्र घटना थाहा भएपछि उद्धारका लागि सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो। खोल्साबाट बगेर आएको ढुंगामुढा सहितको भेलले रेस्टुरेन्टलाई बगाएको थियो। साढे दुई तलाको लज सहितको रेस्टुरेन्टमा राती कोहि पाहुना थिएनन्। तालपारीको रेस्टुरेन्ट गोकुल मगरले विगत ९ वर्षदेखि भाडामा सञ्चालन गर्दै आएका थिए। स्थानीय भक्तिप्रसाद गुरुङको घर गोकुलले रेस्टुरेन्ट र लजको रुपमा चलाएका थिए। पहिरोबाट करिब १ करोड भन्दा बढी क्षति भएको प्रहरीले जानकारी दिए।

 

IMG_2963kaski-ma-payro-tepakal-5kasiki-1kaski-ma-payro-tepakal-5Pahiro_3Pahiro_22

तस्बिरहरु : सुदर्शन रञ्जित