नवलपरासीमा सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं असोज,१ –

नवलपरासीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत तिलकपुर गाविस ४ तुल्सीनगरमा एम्बुलेन्स, बस र मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

बुटबलबाट बर्दाघाट जाँदै गरेको ना ५ ख ५१८३ नम्बरको बस, लु १ च ३७३० नम्बरको एम्बुलेन्स र लु ५ प नम्बरको ६४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।
बसमा सवार दुई र एम्बुलेन्समा दुई जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।
६ जना घाइते भएका छन् ।