एकै सिनेमामा अमिताभ बच्चन र जैकी चैन


मुम्बई, असोज १ –

बलिउड महानायक अमिताभ बच्चन र हलिउड स्टार जैकी चैन इंडो-चाइनीज फिल्ममा एकै साथ अभिनय गर्ने भएका छन्। फिल्मको नाम गोल्ड स्ट्रक हुने भएको छ। यो पहिलो इन्डो-चाइनीज फिल्म हुनेछ जसमा अमिताभ बच्चन तथा जैकी चैन एकैसाथ देखिने छन्।

यि दुई कलाकारका साथै फिल्ममा जैकलीन फर्नांडिस तथा अभय देओल पनि सहभागि हुनेछन्। यस फिल्ममा चीन र भारतका कलाकारहरू एक साथ काम गरेको यो पहिलो सिनेमा हो। फिल्म ‘गोल्ड स्ट्रक’ भारत र चीनको संस्‍कृतिमा आधारित हुनेभएको छ।