रणबीर र कट्रिनाको नयाँ वर्ष बेलायतमा


मुम्बई /

प्रेमयात्रामा मस्त रमाइरहेका रणबीर कपुर र कट्रिना कैफले यसपालीको नयाँ वर्ष बेलायतमा मनाउने भएका छन् । नयाँ वर्षलाई भब्य बनाउने योजना बनाए पनि ठाउँवारे कुनै जानकारी गराएका छैनन् ।
अघिल्लो वर्ष स्पेन घुम्न गएको बेला रणबीरसंगै बिकनीमा प्रस्तुत भएकी कटि्रनाको तस्बिर सार्वजनिक भएपछि उनीहरु तनावमा परेका थिए । उक्त तस्बिर सार्वजनिक भएपछि कटि्रनाकी आमाले पनि होसीयारी अपनाउन सुझाब दिएकी थिइन् ।
विभिन्न समाचार एजेन्सीले जनाएअनुसार विवाहका लागि परिवारका सदस्यले दबाब दिएपनि कटि्रना र रणबीर मन्जुर भइसकेका छैनन् । कटि्रनाकी आमाले त केही महिना अघि नै रणबीरलाई बिबाहका लागि तयार हुन दबाब दिएकी थिइन्