मन्त्री देखि सभासदहरुले अभिनय गरेको नेपाली गीत “बनाऊ संबिधान”( भिडियो सहित )


– बसन्त रानाभाट

नेपाली सांगीतिक ईतिहासमा नै एउटा नौलो प्रयोग भएको छ। बहाल वला मन्त्री देखि, संबिधान सभाका सभासदहरु ,राजनीतिज्ञ ,समाजसेबी,कलाकार,ब्यबसाही लगायत सर्ब- साधारणले एउटा गीतको भिडियोमा एकैचोटी अभियन गरेका छन्। आम नेपालीहरुको चासोको बिषय रहेको संबिधानलाई समेटेर “शान्तिका लागि बनाऊ संबिधान” भन्दै गित रचना गरिएको हुनाले पनि यो सम्भब भएको हो। संबिधान निर्माणको मिति माघ ८ गते नजिकै गर्दा,दलहरु बीच बिबाद चर्किरहेको अबस्थामा गित मार्फत सबैलाई बेलैमा सचेत गरिएको छ।

स्याङ्जा जिल्ला फाफरथुम-५ मा जन्मिएका ३३ बर्षिय युबा गायक लोकनाथ सापकोटाले गीतलाई बजारमा ल्याएका छन्। स्वर, संगीत र रचना सापकोटा नै रहेको गीतमा टिका पुन,स्वरुपा रसाईली,सानु शर्माले पनि साथ दिएका छन्। नेपालको ईतिहासमा नै पहिलो पटक संबिधान सभाको हल भित्र सोहि गीतको बिमोचन भएको थियो। संबिधान सभाका सभामुख सुभासचन्द नेम्बाङ्गले गीतको बिमोचन गरेका हुन् । गीतमा सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल, युबा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल,एमाले उपाध्यक्ष भिम रावल, माओबादी नेता हिमाल शर्मा,सभासद रबिन्द्र अधिकारी,सभासद आरजु देउबा,गोकर्ण विष्ट ,माईती नेपालकी अनुराधा कोईराला लगायतका चर्चित अनुहारहरुलाई गीतको भिडियोमा देख्न सकिन्छ।

10659025_924336550929646_5378820249764895851_o

सोहि गीतमा महानायक राजेश हमाल,निर शाह,आर्यन सिग्देल,दिलिप रायमाझी,धिरन शाक्य,कोमल ओली,अनिता बिन्दु,दिपा श्री निरौला,किरण केसी, सम्झना बुढाथोकी,कमल गाउले,पार्वती राई,कमल पंगेनी,सुनिता दुलाल,शिब हरी पौडेल लगायतका कलाकारहरुले बनाऊ संबिधान भन्दै अभिनय गरेका छन्। सापकोटाले आफ्नै निर्देशनमा भिडियोलाई ३ महिना लगाएर तयार गरेका थिए। ताकि सो अबधिमा एउटा चलचित्र नै निर्माण गर्न सकिन्छ।

गीतमा अभिनय गर्नु पर्यो भनेर पहिले नेताहरु सँग गए तर हामीले कहाँ भिडियोमा अभिनय गर्ने भने, मलाई सम्झाउन धेरै गाह्रो भयो, पहिले युबा नेता गगन थापासँग कोशिस गरेको थिए त्यो पनि सम्भव भएन। त्यस पछि म सोझै संचार मन्त्रीको कार्यकक्षमा गए र अनुनय बिनय गरे। कहाँ हामीले गीतमा खेल्ने ? मन्त्री रिजालको पनि त्यस्तै प्रतिक्रिया रह्यो तर मैले भने “संबिधान निर्माण तपाईहरुले मात्र गर्ने हैन हामी कलाकारहरुको आवाज सुन्नु पर्छ ,हाम्रो गीतको भाबनालाई सुन्नु पर्छ, जुन प्रयास मैले यो गितमा गरेको छु। एकातिर मोबाईलमा गित सुनाउदै गए मन्त्री ज्यूको मन छोएछ त्यसपछि जुरुक्क उठ्नु भयो अनि भन्नु भयो ल यो नेपालको झण्डा राम्रो सँग आउने गरी खिच्नुहोस् है ।

10660321_896029863760315_7483905347261425795_n

त्यस पछि साह्रै आनन्द आयो सोचे अनुरुप काम गर्न पाए। मैले जे- जे निर्देशन गरे उहाले त्यसै गरि अभिनय गर्नु भयो। त्यस पछि त मलाई अरुलाई अनुरोध गर्न धेरै सजिलो भयो। तपाई आफै बिचार गर्नुहोस् नेपालका बिभिन्न क्षेत्रमा लागेका ३० भन्दा बढी चर्चित ब्यक्तिहरुको समय लिएर छायांकन गर्न कति कठिन भयो होला ? सापकोटाले प्रश्न गरे। तर गित तयार भए पनि देशमा रास्ट्रिय मिडियाहरुले त्यति प्राथमिकता नदिएको उनले गुनासो गरेका छन्।

अहिलेको सांगीतिक बजारमा एउटा गित बजारमा ल्याएर कति नै कमाउने आशा गर्न सकिन्छ र ? मैले कमाउनको लागि गित ल्याएको थिईन। मेरो आशय कलाकर्मीको आवाज मार्फत समयमा नै संबिधान बन्न दबाब दिन सकोस् भन्ने नै हो । गीतमा गरेको मेहेनत देख्नुहोस्, भावाना बुझ्नुहोस् ,जुन किसिमबाट मिडियाले सपोर्ट गर्नु पर्ने त्यो मैले पाईन सापकोटा निकै भाबुक हुदै भने। माया प्रेम,रमाईला ठट्यौली गित संगीतलाई मात्र प्राथमिकता दिने हैन देश प्रेमको भावानाले ओतप्रोत गित संगीतलाई पनि हामीले संबेदनशिल भएर उत्तिकै माया गर्नु पर्छ सम्मान दिन सक्नु पर्छ तब मात्र संबिधान निर्माणको हाम्रो तर्फ बाट पनि केहि दबाब होला भन्दै आफ्नो गीतका हरफहरु सुनाउदै उनले भने,

शान्तीको लागि बनाऊ संबिधान
लोकतन्त्रको लागि बनाऊ संबिधान
शुसासनको लागि बनाऊ संबिधान
अग्रगमनको लागि बनाऊ संबिधान
एउटै देश झल्काउने बनोस् संबिधान ,बल्ल हास्ने छ हाम्रो नेपाल,आफ्नै देश झल्काउने बनोस् संबिधान,बल्ल बाच्ने छौ हामी नेपाली।

10655257_772229159513811_1234714828637289273_o

२० बर्ष देखि नेपाली संगीतमा अनबरत खटिरहेका सापकोटाले अहिले सम्म २५ बटा जति एल्बम निकाली सकेका छन्। उनले आफ्नो रचना, संगीत र स्वर गरि ५ सय भन्दा बढी नेपाली गीतहरु स्रोताहरु माझ पस्की सकेका छन्। हरेक बर्ष नेपाली समाजमा दशै भित्रदा उनकै रचनामा रहेको उदित नारायण झाको आवाजमा “दशै आयो” बोलको गीत घन्कने गर्दछ। जुन नेपाली चलचित्र कथानक चलचित्र मुग्लानमा समाबेश गरिएको छ। सापकोटाले नेपाली चलचित्रहरु साहसी,कहाँ बिसाउ मनको भारी,आखिर किन, शानमा पनि संगीत दिईसकेका छन्।

गजलकार भए म , म तिम्रै राजेश हमाल, झ्याई पारौ निरुता,मोबाईलमा मिसकल,बसन्ती,तिज आयो छमछमी नाचीदेऊ बोलका सापकोटाका गीतहरु चर्चीत छन्।

(भिडियो)